यु-२१ युरोपेली च्याम्पियनसिपको उपाधि इङ्गल्यान्डलाई

राष्ट्रपाटी न्युज

असार १५, २०८२

काठमाडौं । इङ्गल्यान्डले यु-२१ युरोपेली च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबारको फाइनलमा जर्मनीमाथि ३–२ को नाटकीय जित हात पारेको हो ।

खेल सुरु भएको पाँच मिनेटमै हार्भे इलियटले प्रतियोगितामा व्यक्तिगत पाँचौँ गोल गरेपछि इङ्गल्यान्डले अग्रता लिएको थियो । २४ औँ मिनेटमा हुटचिन्सनले इङ्गल्यान्डका लागि अर्को गोल गरे ।

उपाधि भिडन्तमा जर्मनीको कमब्याकले खेल रोमाञ्चक बनेको थियो । नेल्सन विफरले पहिलो हाफमा गरेको गोलसहित खेलमा फर्किएको जर्मनीका लागि पाउल नेबेलले बराबरी गोल गरे।

अन्तिम समयमा नेबेलको एउटा प्रहार बारमा लागेको थियो । अतिरिक्त समयको दोस्रो मिनेटमा जोनाथन रोले इङ्गल्यान्डका लागि विजयी गोल गरे ।


Published :असार १५, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media