चीनतर्फको भीषण वर्षाले रसुवामा ठुलो क्षति, सतर्क रहन नदीतटीय बासिन्दालाई आग्रह

राष्ट्रपाटी न्युज

असार २४, २०८२

काठमाडौं । चीनमा भएको अबिरल वर्षाका कारण भोटेकोशी नदीमा बाढी आउँदा रसुवामा ठुलो क्षति भएको छ।

मंगलबार बिहान अन्दाजी ३:१५ बजे रसुवा जिल्ला, गोसाइकुण्ड गाउँपालिका रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

त्यसैगरी, सोही वडाको टिमुरेस्थित भन्सार यार्डमा बाढी पसेर मालबाहक कन्टेनर बगाएको छ। बाढीका कारण टिमुरेमा बनिरहेको सुख्खा बन्दरगाह बगाएको हो।

हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन। नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई आग्रह गरिएको छ।


Published :असार २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media