काठमाडौँ । रातभरको वर्षाले उपत्यकाभित्रका खोला बढेर जोखिम निम्त्याउने अवस्थामा छन्। खोलामा आएको बाढीले विनास गर्न सक्ने भन्दै नेपाल बाढी सूचनाले सचेत गराइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार विष्णुमतीको गोंगबु र बागमतीको गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ।
नदीमा बढ्दो बहावले तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरुलाई सतर्कता रहन अनुरोध गरिएको छ।
मनोहरा (बालकुमारी) जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरुले सतर्कता अपनाउन अनुरोध गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बल्खु खोला(बलम्बु) जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरुले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।