पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

राष्ट्रपाटी न्युज

असार २५, २०८२

बागलुङ । पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। मंगलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । पहिरोले केही स्थानमा सडक भासिएको छ।

वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन कठिन भएको बताउँदै उनले पानी रोकिएपछि पहिरो पन्छाउने जानकारी दिए ।


Published :असार २५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media