काठमाडौं । मौद्रिक नीति सार्वजनिक पछिको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिले सेयर धितो कर्जा,घरजग्गा र वित्तीय क्षेत्रका लागि खुकुलो नीति ल्याएपछि त्यसको प्रभाव सेयर बजारमा परेको लगानीकर्ताहरू बताउँछन्। मौद्रिक नीतिमा व्यक्तिगत सेयर धितो कर्जाको सीमा २५ करोड पुर्याएको छ। यसअघि यस्तो कर्जाको सीमा १५ करोड थियो।
यसदिन नेप्से परिसूचक २९ अंकले बढेर २७६०.८० विन्दुमा उक्लिएको छ। नेप्से दोहोरो अंकले बढ्दा ११ अर्ब बढीको सेयर कारोबार भएको छ। आज ३११ स्क्रिप्सको ३ करोड २५ लाख ९२ हजार ३० कित्ता सेयर ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ रुपैयाँमा खरिदबिक्री भए।
दुई कम्पनीको सेयर सकारात्मक सर्किट लाग्यो। एनआईसी एसिया बैंक र खानीखोला हाइड्रोपावरको सेयर ९.९९ प्रतिशतले बढ्यो। जीवन विकास लघुवित्त वित्तीय संस्थाको ९.६१ प्रतिशतले बढ्दा नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको ७.३० प्रतिशत र समाज लघुवित्त वित्तीय संस्थाको सेयर ६.५० प्रतिशतले बढ्यो।
हिमालयन हाइड्रोपावरका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.९३ प्रतिशतले घट्यो। राप्ति हाइड्रोपावर एण्ड जनरल कन्स्ट्रक्सनको ७.४४ प्रतिशतले घट्यो। ३७ करोड बढी रुपैयाँको सेयर कारोबार गरी एनआईसी एसिया बैंक शीर्ष स्थानमा रह्यो। बुटवल पावरको ३२ करोडको सेयर कारोबार हुँदा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले २८ करोड,सानिमा बैंकले २५ करोड सीईडीबी होल्डिङ्सले २४ करोड मूल्य बराबरको सेयर कारोबार गरे।
कारोबारमा आएका १५८ स्टक्सको मूल्य ९० वटाको घट्यो। पाँच समूहको उपसूचक घट्दा ८ वटाको घट्यो। यसदिन बैंकिङ समूह र माइक्रोफाइनान्सको उपसूचक ३ प्रतिशतले बढीले वृद्धि भयो।