क्लब विश्व कपको उपाधि चेल्सीलाई

राष्ट्रपाटी न्युज

असार ३०, २०८२

काठमाडौँ । यस वर्ष सानदार फर्ममा रहेको (पिएसजी) लाई ३-० को फराकिलो अन्तरले हराउँदै चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ। चेल्सीलाई जित दिलाउने क्रममा कोल पालमरले दुई गोल गरे।

खेलको २२ औं मिनेटमा पालमरको गोलमा चेल्सीले पहिलो अग्रता लिएको थियो। त्यसको ८ मिनेटपछि नै उनले अर्को आकर्षक गोल गरे। पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा पालमरको सहयोगमा जाओ पेड्रोले गोल गरे।

दोस्रो हाफमा पिएसजीले गोलका लागि धेर प्रयास गरे पनि त्यो सम्भव भएन। ८५ औँ मिनेटमा जाओ नेभेसले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो। चेल्सीको यो सिजनको दोस्रो उपाधि हो। यस अघि उसले युइएफए कन्फरेन्स लिगको उपाधि जितेको थियो।

न्यु जर्सीमा भएको फाइनलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित ८१ हजार भन्दा बढी दर्शक रङ्गशालामा उपस्थित थिए।


Published :असार ३०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media