भक्तपुर मालपोतका कर्मचारी साढे २४ लाख घुससहित अख्तियारको नियन्त्रणमा

राष्ट्रपाटी न्युज

असार ३१, २०८२

काठमाडौं । भक्तपुरस्थित मालपोत कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई रंगेहात पक्राउ गरेको हो।

मोही तल्सिङको मुद्दा मिलाउने भन्दै उनीहरूले सेवाग्रहीबाट साढे २४ लाख घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी पूर्जा बनाउने प्रायोजनका लागि उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ। उनीहरूको साथमा रहेको २ थान मोबाइल पनि जफत गरिएको अख्तियारले जानकारी दिएको छ।


Published :असार ३१, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media