हेवाखोलाको बाढीले डाइभर्सनमा क्षति, मेची राजमार्ग अवरुद्ध

फिदिम । अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अवरुद्ध भएको छ। बाढीले डाइभर्सन छोपेपछि राजमार्ग अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङका अनुसार रातभर पानी परेपछि आएको बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि राजमार्ग अवरुद्ध भएको हो।

बाढीले डाइभर्सनमा क्षति गरेसँगै मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सञ्जाल विच्छेद भएको छ ।


Published :साउन ४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media