साफ-२० च्याम्पियनसिपः बंगलादेशले जित्यो उपाधि, नेपाल फेरि स्तब्ध

काठमाडौ । साफ-२० च्याम्पियनसिप अन्तर्गत अन्तिम खेलमा नेपाल बंगलादेशसँग फेरि स्तब्ध बनेको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरिनामा भएको खेलमा खेलमा बंगलादेशले नेपाललाई ४-० गोलले हराउँदै च्याम्पियन बनेको हो।

घरेलु टोलीका लागि फरवार्ड मोसमत सागोरिका नायक बनिन्। उनले ह्याट्रिकसहित चार गोल गर्दै टोलीलाई उपाधि जिताइन्। खेलको ८औं मिनेटमै सागोरिकाले नेपालको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै पहिलो गोल गरिन्।

यसअघिको नेपालविरुद्धको खेलमा रातो कार्ड पाएर तीन खेल प्रतिबन्धमा परेकी सागोरिकाले पुनरागमनको खेलमै उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः ५१औं, ५८औं र ७७औं मिनेटमा गोल गर्दै व्यक्तिगत चार गोल पूरा गरिन्। यो जितसँगै बंगलादेशले प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै लगातार दोस्रो पटक यू-२० महिला साफ च्याम्पियनसिपको उपाधि जित्न सफल रह्यो।

डबल राउन्ड फर्म्याटमा भएको प्रतियोगितामा बंगलादेशले श्रीलंकालाई ९-१ र ५-०, नेपाललाई ३-२ र ३-० तथा भुटानलाई ४-१ र ३-० ले हराउँदै ६ मध्ये सबै खेल जितेर १८ अंकका साथ च्याम्पियन बन्यो। नेपालले भने भुटानलाई ६-१, श्रीलंकालाई दुईपटक ७-० र भुटानलाई फेरि ८-० ले पराजित गरे पनि बंगलादेशसँग दुई हार व्यहोर्दै १२ अंकमा सीमित रह्यो।

नेपाल प्रतियोगिताको उपविजेता बन्दा भुटान तेस्रो र श्रीलंका पुछारमा रहन पुगे।


Published :साउन ५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media