बागमती प्रदेशका चार मन्त्रीको राजीनामा

हेटौंडा । बागमती प्रदेशका ४ जना मन्त्रीहरुले एकसाथ राजीनामा दिने भएका छन्। राजीनामा दिनेहरुमा युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन्।

वर्तमान प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले वर्तमान सरकारको काम कारबाही चित्त नबुझेर राजीनामा दिन लागेको पुष्टि गरे। उनले भने, ‘अहिले म रामेछापबाट फर्किँदै छु। मुख्यमन्त्री भेट्न आउँदै छु। मुख्यमन्त्री भेटेर राजीनामाको पत्र बुझाउँछु।’


Published :साउन ९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media