
काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनमा एमालेलाई विजयी बनाउनका लागि साथ दिन सबैलाई आह्वान गरेका छन् ।
शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेलाई निर्वाचनमा विजयी बनाउने काममा सक्रियतापूर्वक लागि दिन आग्रह गरेका हुन् । अध्यक्ष ओलीले देश र जनताको हितमा काम गर्नका लागि पनि आगामी निर्वाचनमा नेपाली जनताले एमालेलाई विजयी गराउनुपर्ने जिकिर गरे । उनले मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन पनि आगामी निर्वाचनमा एमाले विजयी हुनुपर्ने बताए ।
अध्यक्ष ओलीले नेपाली समाजलाई सभ्य र सुसंस्कृतिको बाटोमा फर्काउन पनि आगामी निर्वाचनपछि एमालेले सरकार बनाउनुपर्ने बताए ।