एनपीएलको अक्सन २४ गते, ४५८ क्रिकेटरको नाम दर्ता

राष्ट्रपाटी न्युज

साउन १०, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ गते हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी अक्सन साउन २४ गते हुने जानकारी दिएको हो।

क्यानका अनुसार अक्सनका लागि कुल ४५८ नेपाली क्रिकेटरले नाम दर्ता गरेका छन्। दोस्रो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया असार २७ गतेदेखि खुला गरिएको थियो।

क्यानका प्रवक्ता छुम्बी लामाले दर्ता भएका खेलाडीको एनपीएलका ८ फ्रेञ्चाईज टोलीलाई उपलब्ध गराएर क्यानको प्राविधिक समितीले तयार गरेको मापदण्ड र फ्रेञ्चाईज टोलीले इच्छ्याएका खेलाडीको सूचीबाट अक्सनमा सहभागी हुने खेलाडीको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिए।

यसअघि ८ फ्रेञ्चाईज टोलीले रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् ।


Published :साउन १०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media