ट्याङ्करले मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्यु, एक घाइते

राष्ट्रपाटी न्युज

साउन १३, २०८२

काठमाडौँ । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा तेल बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।

भरतपुर महानगरपालिका–२९ चौधकिलोमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १३६६ नम्बरको तेल ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ३८२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका–११ बस्ने ३३ वर्षीय सागर कुमालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

घाइते भरतपुर–१४ का ४७ वर्षीय कविराज विश्वकर्माको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।


Published :साउन १३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media