काभ्रेमा बाटोमा चिप्लिएर दुईजनाको मृत्यु

राष्ट्रपाटी न्युज

साउन १४, २०८२

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका दुईजनाको बाटोमा चिप्लिएर मंगलबार मृत्यु भएको छ। नमोबुद्ध नगरपालिका-७, सिमडाँडाकी ५० वर्षीया एककुमारी राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर चोट लागेपछि उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, घाइते राउतको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। बेथानचोक गाउँपालिका-५, गोखौलीका ६० वर्षीय सेतेमान भोलनको पनि बाटोमा चिप्लिएर मृत्यु भएको छ ।

मंगलबार स्थानीय डेरीमा दूध पुर्‍याउन जाने क्रममा लडेर टाउकोमा चोट लागेका उहाँको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Published :साउन १४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media