नारायणी नदी पुलबाट हाम फालेर दुईजना बेपत्ता

राष्ट्रपाटी न्युज

साउन १४, २०८२

काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर मंगलबार दुई जना बेपत्ता भएका छन्।

एक जना मंगलबार बिहान र अर्का साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार मंगलबार साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता भएकी छन्।

‘साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ’, उनले भनिन्, ‘मंगलबार बिहान हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ।’

बिहान पुलबाट हामफाल्ने किशोर गैँडाकोट-५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेका र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिइन्।


Published :साउन १४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media