आजको शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

राष्ट्रपाटी न्युज

साउन २२, २०८२

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १८५०.३७ विन्दुमा अडिएको छ। अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेर  २८३२.०६ विन्दुमा पुगेको थियो।

नेप्से बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३१८ स्क्रिप्सको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता सेयर ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ रुपैयाँमा खरिदबिक्री भए।

परिसूचक दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। सिकलेस हाइड्रोपावरको सेयर ९.८१ प्रतिशतले बढ्दा बरुण हाइड्रोपावरको ९.७८,मकर जितुमाया सुरी हाइड्रोपावरको ७.५६,रिलायवल समृद्धि योजनाको ६.४९ र खानीखोला हाइड्रोपावरको ६.१९ प्रतिशतले बढ्यो।

उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ८.२६ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा लिवर्टी इनर्जी कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३९ अर्ब १ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसैगरी शिवम् सिमे‍न्टको ३६ करोड,हिमालयन रिइन्स्यरेन्सको २३ करोड,नेपाल रिइन्स्योरेन्सक २२ करोड र युनाइटेड मोदी हाइड्रोपावरको २० करोड बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १८७ स्टक्सको मूल्य बढ्दा ६२ वटाको घट्यो। १३ वटै समूहको उपसूचक सकारात्मक देखिएका छन्। फाइनान्स, मनु एन्ड प्रो र अदर्श समूहको उपसूचक १ प्रतिशत माथिले बढे ।


Published :साउन २२, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media