राजनीतिक दल स्वमूल्यांकन कार्यविधि संविधानविपरीत रहेकाे माधव नेपालको दाबी

राष्ट्रपाटी न्युज

साउन २३, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि संविधानबिपरित रहेकाले आफूहरूले विरोध जनाएको बताएका छन्।

शुक्रबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको उद्योग व्यवसायी जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले स्वमूल्यांकन दलहरूको आन्तरिक विषय भएको भन्दै आयोगको स्वमूल्याङ्कन कार्यविधि संविधान बिपरित भएको बताए।

स्वमूल्याङ्कन कार्यविधिमा बिपक्षी दलहरुले विरोध जनाएपछि एमाले र कांग्रेसले समेत विरोध गरेको उनले बताए। त्यस्तै अध्यक्ष नेपालले काम नगरि पार्टीमा पदमात्रै ओगट्ने प्रवृति अन्त्य हुनुपर्नेमा जोड दिए।

पार्टीको विभिन्न पदमा रहेका व्यक्तिले विभिन्न चुनौतीको सामना गर्न सक्नुपर्ने उनको भनाइ छ । उनले नेपालको राजनीतिमा नेकपा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहेकोले संख्याका आधारमा मूल्याङ्कन नगर्न आग्रह गरे ।


Published :साउन २३, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media