
काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज सुनको भाउ प्रतितोला १,००० रुपैयाँले बढेर १,९९,४०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
गत मंगलबार सुन प्रतितोला १,९८,५०० रुपैयाँ पुगेको थियो भने बुधबार १०० रुपैयाँले घटेर १,९८,४०० रुपैयाँ मा झरेको थियो। बिहीबारसम्म सोही मूल्यमा स्थिर रहँदै आएको सुन आज फेरि महँगिएको हो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर २,३२५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।