एएफसी यू-२० महिला एशियन कप छनोटः नेपालले आज उत्तर कोरियासँग खेल्दै

राष्ट्रपाटी न्युज

साउन २५, २०८२

काठमाडौँ । एएफसी यू-२० महिला एशियन कपको छनोटमा आज नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग खेल्दैछ । खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

एशियन कपमा पुग्न आज नेपालले उत्तर कोरियालाई हराउनुपर्ने भएको छ । अस्ति शुक्रवार भएको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले साउदी अरबलाई एक गोलले हराउँदा उत्तर कोरियाले भुटानलाई १० गोलले हरायो । योसँगै शीर्ष स्थानको उत्तर कोरियाले दुई खेलबाट छ अंक पुर्‍याएको छ ।

उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५–० ले पराजित गरेको थियो । तर नेपालले भूटानसँग १/१ गोलको बराबरी खेलेको थियो । नेपालको दुई खेलमा चार अंक छ । यो खेलले समूह ‘ए’ बाट एशियन कप खेल्ने टोलीको टुङ्गो लाग्ने छ । ३२ देशको सहभागिता रहेको छनोटमा आठ समूह छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आउँदो वर्ष थाइल्यान्डमा हुने २० वर्षमुनिको एशिया कपमा स्थान बनाउने छन् ।


Published :साउन २५, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media