
काठमाडौं । नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२.४६ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ४.४७ अंकले घटेर ४८५.६९ विन्दुमा पुगेको छ। आइतबार सार्वजनिक विदा परेकाले सेयर कारोबार भएन।
यसदिन ३२४ स्क्रिप्सको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर १० अर्ब २१ करोड १ लाख ४२ हजार ३०८ रुपैयाँमा खरिदबिक्री भए। रिभर फल्स पावरको सेयर सर्वाधिक ९.९९ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
हिमालयन रिइन्स्योरेन्सको ४२ करोडको कारोबार हुँदा नेपाल रिइन्स्योरेन्स कम्पनीले ३६ करोड,सहास उर्जाको ३६ करोड र बुटवल पावरको २९ करोडको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ३० वटा स्टक्सको मूल्य बढ्दा २२० वटाको घट्यो।
दुई समूहको उपसूचकबाहेक अन्यको घट्यो। म्युचुअल फण्ड र अदर्श समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका हुन्।