
काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २६.२२ अकंले घटेको छ । अघिल्लो दिन ३१.५० अंकले घटेको नेप्से मंगलबार पनि दोहोरो अंकले घटेको हो । सोमबारको तुलनामा ०.९२ अंकले घटेपछि समग्र नेप्से २ हजार ७ सय ९६.२४ अंकमा ओर्लेर बन्द भएको छ ।
सो दिन कारोबारमा आएकामध्ये २४ कम्पनीको सेयर मूल्य बढ्दा २२५ वटाको घट्यो ।
मंगलबार ७८ हजार २ सय २६ पटकको कारोबारमा १ करोड ७६ लाख ७१ हजार ६ सय ७५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । सोमबार १० अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये होटेल तथा पर्यटनबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से २६ अंकले घटेको हो । सो दिन होटेल तथा पर्यटन उपसमूहको परिसूचक १.३२ प्रतिशतले बढेको छ ।