टी-२० विश्वकप एसिया छनोटः दोस्रो खेलमा नेपालले आज बंगलादेश एसँग खेल्ने

राष्ट्रपाटी न्युज

साउन ३१, २०८२

काठमाडौँ । टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप एन्ड टी-२० क्रिकेट सिरिजमा आज (साउन ३१) नेपाल दोस्रो खेल खेल्दै छ।

अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड टुमा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने खेलमा नेपाली क्रिकेट टिम बंगलादेश ए टोलीसँग भिड्ने भएको हो।

उता आफ्नो पहिलो खेलमा पाकिस्तान शाहिन्ससँग ७९ रनले पराजित बंगलादेश पनि आजको खेल जित्न चाहन्छ।

सिरिजमा सहभागी हरेक टोलीले लिग चरणमा ६ खेल खेल्नेछन्।


Published :साउन ३१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media