सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत, पुनर्विचार गर्नुपर्छः गगन थापा

काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत भएको भन्दै पुनर्विचार गर्न सरकारललाई आग्रह गरेका छन्।

थापाले मंगलबार सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै सर्वोच्च अदालतले निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने नभई कानुनी व्यवस्था बनाउन भनेको जिकिर गरेका छन् । ‘सरकार उल्टो बाटो हिँडेको छ, यसलाई पुनर्विचार गरिनुपर्छ’, उनले भने ।

महामन्त्री थापाले सामाजिक सञ्जाल नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्ने, सार्वजनिक बहसमा सहभागी हुने र सरकारलाई जवाफदेही बनाउन महत्त्वपूर्ण माध्यम भएको भन्दै यसलाई बन्द गर्नु लोकतान्त्रिक मूल्यविपरीत रहेको टिप्पणी गरे।

‘सञ्जाल सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र र आम मानिसको दैनिकीसँग जोडिएको छ। यसमा प्रतिबन्ध लगाउँदा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक संकुचित हुन्छ,’ थापाले भने।

उनले सामाजिक सञ्जालमा दुरुपयोग रोक्न र सुरक्षित बनाउनका लागि आवश्यक कानुन तत्काल निर्माणमा तदारुकता देखाउन सरकारसँग आग्रह गरेका छन् ।


Published :भदौ १९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media