मन्त्री थापाद्वारा दुई पाङ्ग्रे सवारी साधनको ब्लुबुक नवीकरण सम्बन्धी सेवा उद्घाटन

ललितपुर। यातायात व्यवस्था कार्यालय एकान्तकुना, ललितपुरमा दुई पाङ्ग्रे सवारी साधनको ब्लुबुक नवीकरण सम्बन्धी सेवा उद्घाटन भएको छ।

२२ औं निजामति सेवा दिवसको अवसर पारेर आज आयोजना गरिएको एक विशेष समारोहका बीच उक्त सेवा उद्घाटन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले उक्त सेवाको उद्घाटन गरेको स्वकीय सचिव विक्रम श्रेष्ठले जानकारी दिएका छन्।


Published :भदौ २२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media