रास्वपा सांसद असीम शाहद्वारा प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम शाहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।

सरकारको दमनकारी कार्यशैलीको विरोध र जेनजी आन्दोलनको समर्थनमा आफूले राजीनामा दिएको शाहले बताएका छन् । उनले शान्तिपूर्ण आन्दोलनमा सहभागी युवामाथि भएको अत्यधिक दमन अस्वीकार्य रहेको टिप्पणी गर्दै “पुस्तासँग सहकार्य गर्नुपर्ने बेला सरकारले प्रतिरोधको बाटो रोजेको” बताएका छन् ।


Published :भदौ २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media