डिल्लीबजार कारागारमा आगजनी, कैदीबन्दीलाई स्थानान्तरण गर्ने तयारी

काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीले आगजनी गरेका छन् । आफूहरूलाई समेत बाहिर निस्कन दिनुपर्ने माग राख्दै कैदीबन्दीहरू आक्रोशित बनेर आगजनीमा उत्रिएका हुन् ।

आगजनीका कारण कारागारमा ठूलो जोखिम बढेको भन्दै कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।

आगजनीसँगै कैदीहरूले तोडफोड पनि सुरु गरेपछि कारागारकाे सुरक्षा नेपाली सेनाले गरिरहेकाे छ ।


Published :भदौ २५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media