त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज साँझसम्म नखुल्ने

काठमाडौं । विमानस्थलका साथै काठमाडौं उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज साँझ ६ः०० बजेसम्म नखुल्ने भएको छ ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाकाअनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् । यसअघि आज मध्याह्न १२ः०० बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो ।


Published :भदौ २५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media