जेनजी आन्दोलनपछि एमाले अध्यक्ष ओली पहिलोपटक सार्वजनिक

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमालें)का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका हुन् । ।

गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सेनाको हेलिकप्टर चढेर शिवपुरी पुगेका ओली भक्तपुरको गुन्डुमा खोजिएको नयाँ डेरामा देखिएका हुन् । एमाले नेता महेश बस्नेतको अग्रसरतामा त्यहाँ ओलीलाई डेरा खोजिएको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष ओलीका अब गुन्डु क्षेत्रमा बसोबास गर्ने जानकारी बिहीबार नै दिइसकेका छन् । शुक्रबार ओली नयाँ डेरामा पुगेको भिडियो क्लिप सामाजिक सञ्जालमा भइरल बनेको छ ।

भिडियोमा महेश बस्नेतका साथमा उभिएका ओलीले कार्यकर्तासँग हात मिलाइरहेको देखिन्छ ।


Published :अशोज ३, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media