GEN-Z हरुलाई खुला पत्र

कुमार खड्का

GEN-Z भाइबहिनीमा खुला पत्र साथै सम्पूर्ण देश तथा बिदेशमा रहनु हुने XYZ सबैमा आउदै गरेको महान चाड बिजया दशमि,दिपावलि,छठ र नेपाल सम्बतको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

सबैभन्दा पहिला, भाद्र २३ गतेको त्यो कालो दिन सम्झँदा मेरो मुटु काँप्छ। राज्यको गोलीले निर्दोष युवाहरूको रगत बग्यो, सपना चकनाचुर भयो। आजसम्म ७४ जना दाजुभाइ दिदीबहिनीहरूले प्राण गुमाइसकेका छन्। म ती सबै अमर सहिदहरूलाई शिर झुकाएर श्रद्धाञ्जलि अर्पण गर्दछु, घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यो केवल एउटा घटना मात्र होइन, यो हाम्रो भविष्यलाई चेतावनी पनि हो।

भाइबहिनी हो,
देश बिग्रेको छ भनेर हामी सबै कराउँछौँ। नेताहरू भ्रष्ट छन्, दलहरू विफल छन् भनेर हामी आलोचना गर्छौँ। तर म आज तपाईँहरूलाई एउटा सिधा प्रश्न सोध्न चाहन्छु—के देश केवल नेताले मात्र बिगारेका हुन्? के हामी सबै निर्दोष छौँ? होइन भाइबहिनी, अवश्य दोष नेतामा छ कुनै शंका नै छैन तर दोष हामीमा पनि छ। हामी सबै नागरिकले आफ्ना जिम्मेवारी बिर्सियौँ, आफ्नो संस्कार छाड्यौँ, सजिलो बाटो खोज्दै कठोर मेहनत गर्न छाड्यौँ। देश बन्ने हो भने दोष देखाउने मात्र होइन, प्रत्येकले आफ्नै गल्ती स्वीकार्नुपर्छ, आफैँबाट सुरु गर्नुपर्छ।हामि सबैमा शुद्धिकरण हुनुपर्छ।

GEN-Z भाइबहिनी हो,
तपाईँहरूको हातमै भविष्य छ। तपाईँहरूको आनि,बानी, तपाईँहरूको सोच र तपाईँहरूको अनुशासनले भोलिको नेपाल निर्धारण गर्नेछ। तर म तपाईँहरूलाई फेरि सोध्छु—देश बिहान घाम उदाउदा १२ बजे सम्म सुतेर बन्छ? आमा–बुबाको कराई बिना उठ्न नसक्ने बानीले देश बन्छ? दिनभर फोन, इन्टरनेट, मनोरञ्जनमै हराएर, फेसबुक,टिकट अन्य सोसियल साइड र ग्याजेटमा रमाएर देश बन्छ?

साँचो भन्नुपर्दा, अहिलेका अभिभावकहरू तपाईँहरूलाई हेरेर चिन्तित छन्। किनकि प्रविधि र सुविधाको यो युगले तपाईँहरूलाई सजिलो जीवन दियो, तर मिहिनेतको मूल्य बुझ्ने सोच हराउँदैछ।शारिरिक,मानसिक स्वास्थ्य,धर्म–संस्कार, आचार–व्यवहार, ठुलोलाई सम्मान, सानोलाई माया गर्ने परम्परा बिर्सिदै छ। सामाजिक सञ्जाललाई सीप र ज्ञान बिकाशको साधन बनाउन सक्थ्यो, तर क्षणिक रमाइलो र फुर्सद बिताउने मनोरञ्जन बनाइयो। यो बाटोले कहाँ पुर्‍याउँछ भन्ने कुरा तपाईँहरूले सोच्नै पर्छ।

देश बन्ने हो भने सुरु घरबाटै गर्नु पर्ने हुन्छ। घर बलियो भयो भने मात्र देश बलियो हुन्छ। बाबु–आमाले ऋणधन गरेर, पसिना बगाएर पढाएको मिहिनेतलाई बुझ्नुपर्छ। “घरमा पैसा छ कि छैन, पढाइको खर्च कसरी तिर्नु भएको छ” भन्ने कुरामा चासो लिनुपर्छ। विदेश जाने सपनाले मात्र देश बन्ने छैन, देशमै बसेर सिर्जना गर्ने, योगदान दिने संस्कार बसाल्नुपर्छ।

भाइबहिनी हो,
म X-पुस्तामा पर्छु। तपाईँहरूको उमेरमा मलाई यस्ता सुविधा थिएनन्, यो डिजिटल संसार धेरै थिएन। तर संघर्ष थियो। १८–१९ वर्षको उमेरमै काम सुरु गरें, अनुभव गरे २३–२४ वर्षको जोसिलो उमेरमा आफै रू.२५,००० बांट व्यवसाय सुरु गर्दै यो उमेरको जोषमा २\३ वटा ब्यवसायमा हात हाले आफुलाई ब्यस्त राखे५\७ जना हुदै २०\५०जनालाई रोजगार शिर्जना गरे असफलताहरू आइरहे, कहिले जीवन सजिलो भएन। तर मैले कहिल्यै देशलाई दोष दिएनँ, आमा–बुबालाई दोष दिएनँ। दोष त केवल आफैँलाई मात्र दिन्थेँ मेरो मिहिनेत पुगेन मैले अझै बढी मिहिनेत गर्नुपर्छ। यही सोचले मलाई आजसम्म टिकाइराखेको छ।अब चै थाहा छैन देश बिदेशका बिभिन्न प्राकृतिक माओवादी द्वन्द,भुकम्प,कोभिडका घटनाक्रमले थिलथिलो पारेको अर्थतन्त्र बिश्वको आर्थिक तरलता शंकट मन्दिर झेल्दै आज GEN-Z बदलावले बिध्वंस निमत्यायको अवस्थाले अव के भोग्नुपर्ने हो। समय सगै हेर्दै जाउ।

जीवन उतार–चढावले भरिएको हुन्छ। असफलता आउँछ, ठोक्किनु पर्छ, तर त्यसले तपाईँलाई तोड्नु हुँदैन। संघर्षमा ढल्दा पनि फेरि उठ्न सकिन्छ। र सम्झनुस्, जब तपाईँ उठ्नुहुन्छ, तब तपाईँसँगै देश पनि उठ्छ,उठेको हुन्छ ।

त्यसैले, GEN-Z भाइबहिनी हो,
संघर्ष नगरी सफलता सम्भव छैन। संस्कार बिर्सेर सभ्यता टिक्दैन। मिहिनेत नगरी लक्ष्य पुरा हुँदैन। देशलाई बदल्ने शक्ति नेतामा मात्र छैन, देशलाई बदल्ने शक्ति तपाईंहरूमा छ। तपाईंहरूको सोचले, तपाईंहरूको कर्मले, तपाईंहरूको बलिदानले भोलि नेपाल कस्तो हुनेछ भन्ने तय गर्छ।

त्यसैले म आज यहाँ एकै कुरा भन्न चाहन्छु—
संघर्ष गर्न नडराउनुस्, मिहिनेत गर्न बाट नभाग्नुस्, संस्कार र सभ्यतालाई नबिर्सनुस्। तपाईंहरूको यही संघर्ष, यही अनुशासन, यही संस्कार सकरात्मक सोचले मात्र नयाँ नेपाल जन्माउँछ।धन्यवाद।

(लेखक व्यबसायी ,राजनीतिज्ञ एवं समाजसेवी हुन्। )


Published :अशोज ५, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media