पहिरोले मुग्लिन-नागढुंगा सडक अवरुद्ध

काठमाडौं  । मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खोला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको छ ।

सडक डिभिजन भरतपुरका अनुसार राति पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो । सवारी साधनले लेन अनुशासन पालना नगर्दा पहिरो पन्छाउने उपकर पहिरो गएको क्षेत्रमा पुग्नसमेत समस्या भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध भएको र पहिरो पन्छाउने मेशिनसमेत नपुगेकाले वैकल्पिक सडक हुँदै सुरक्षित यात्रा गर्न सडक डिभिजनको अनुरोध छ ।

मुग्लिन–नारायणघाट सडक तुइन खोला नजिक पहिरो फाल्दै सवारी नियमित सञ्चालन भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

सुख्खा पहिरो नियमित झरेपछि साइटमा तैनाथ मेसिनले सफा गर्दै आवागमन सुचारू रहेको सडक डिभिजनले जनाएको हो ।


Published :अशोज ७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media