पहिरोले ठप्प पृथ्वी राजमार्ग खुल्यो, सवारी साधन दुईतर्फी सञ्चालन

काठमाडौँ । धादिङको जवाङखोला नजिकै सोमबार राति खसेको सुख्खा पहिरोले पृथ्वी राजमार्गमा सवारी आवागमन ठप्प भएको थियो।

मलेखु–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार करिब १६ घण्टा बन्द रहेपछि मंगलबार दिउँसो ३ बजे सवारी दुईतर्फी सञ्चालनमा आएको हो।

पहिरो पन्छाउने काम सोमबार राति ढुंगा खसेर जोखिम बढेपछि रोकिएको थियो।

मंगलबार बिहानदेखि पहिरो हटाउने कार्य सुरु गरी दुवैतर्फ सवारी परिचालन गरिएको जानकारी दिइएको छ।

ठूलो सुक्खा पहिरो पन्छाउन धेरै समय लाग्ने भएपछि काठमाडौंबाट बाहिरिने र काठमाडौं आउनका लागि सडक विभागले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको थियो ।


Published :अशोज ७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media