मुग्लिन–नारायणघाट सडक तुइन खोला नजिकै फेरि ठूलो पहिरो, दुईतर्फी आवागमन बन्द

काठमाडौं । मुग्लिन–नारायणघाट सडक तुइन खोला पुल नजिकै फेरि ठुलो पहिरो खसेको छ। मंगलबार साँझ ४ः५५ मा ठुलो पहिरो झरेको हो।

पहिरो खसेपछि सडक आवागमन दुईतर्फी बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

कार्यालय सूचना जारी गर्दै भनेको छ,ʻनिरन्तर रूपमा पहिरो झर्ने क्रम नरोकिँदा पहिरो पन्छाउन समस्या भएको छ। यो सडक हुँदै यात्रा गर्दै हुनुहुन्छ भने कृपया वैकल्पिक सडक प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।ʼ

तुइन खोलामा शुक्रबार पहिरो गएको थियो। त्यसपछि पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको थियो। आज पहिरो झरेपछि सडक पुनः बन्द भएको हो।


Published :अशोज ७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media