मुग्लिन-नारायणगढ सडकको तुइन खोलाको पहिरो पन्छाउने कार्य जारी

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला नजिक खसेको पहिरो पन्छाउने काम बिहीबार बिहान ६ बजेदेखि सुरु भएको छ।

राति ठुलो पानी परेपछि रोकिएको काम बिहान ६ बजे सुरु भएको न भरतपुरले जनाएको छ।पहिरो पन्छाउनको लागि दुवैतर्फबाट निरन्तर रूपमा मेशिनहरू परिचालन गरिएको र पूर्ण रूपमा पन्छाउन समय लाग्ने जनाइएको छ ।

मुग्लिन नारायणघाट सडक खण्डको तुइन खोला पुल नजिकै मंगलबार अपराह्न पाँच बजे गएको ठुलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द छ ।

पहिरो पन्छाउन अझै समय लाग्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न समेत सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ।दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन्।

राति ठुलो पानी परे पनी थप पहिरो झरेको नझरेपछि बिहीबार बिहानबाटै पहिरो पन्छाउने काम सुरु भएको हो ।


Published :अशोज ९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media