तुइन खोलानजिकै सुख्खा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक पुन: अवरुद्ध

राष्ट्रपाटी न्युज

अशोज १३, २०८२

काठमाडौं । सुक्खा पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुन: अवरुद्ध छ । इच्छाकामना गाउँपालिका – ५ स्थित तुइन खोला नजिकै सुख्खा पहिरो जाँदा आज दिउँसोबाट दुई तर्फि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

कार्यालयका अनुसार पहिरो झर्ने क्रम जारी नै भएकोले पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट पहिरो हटाउने कार्य सुचारू हुने जनाइएको छ। पहिरो अवधिभरि रोकिएका सवारीसाधनहरू लेन अनुशासनको पालना गरि सावधानीपूर्वक रहन कार्यालयले अनुरोध गरेको छ।

गत शुक्रबार साँझ खसेको पहिरो हटाएपछि ३ दिनपश्चात यातायात सुचारु भएको थियो ।


Published :अशोज १३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media