जवाङ खोलानजिक पहिरो जाँदा मुग्लिन–नागढुंगा सडक अवरुद्ध

राष्ट्रपाटी न्युज

अशोज १८, २०८२

काठमाडौं । लगातारको वर्षाले जवाङ खोला नजिक पहिरो जाँदा मुग्लिन–नागढुंगा सडक अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार जवाङ खोला नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

पानी निरन्तर परिरहेकाले धेरै ठाउँमा ढुंगा झरेका छन् । यो सडकखण्डमा पानी परिरहेकाले जोखिम कायम रहेको भन्दै सवाधानीपूर्वक सुरक्षित यात्रा गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ ।

चितवन प्रहरीले सूचना सार्वजनिक गर्दै भनेको छ, ‘चितवन , धादिङ र तनहुँका प्रमुख सडक बन्द रहेका छन् । चितवनको तुइन खोला सामान्य अवरोध छ भने धादिङको जबाङ खोला नजिक पहिरो जाँदा सडक पूर्ण अवरुद्ध भएको छ ।’


Published :अशोज १८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media