रौतहटमा चट्याङ लागेर दुईजनाको मृत्यु

राष्ट्रपाटी न्युज

अशोज १८, २०८२

रौतहट । रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ। शनिबार साझ ६:३० बजेको समयमा परेको चट्याङ लागेर कटहरिया नगरपालिका-२, हंथियाहिका १६ वर्षीय सेराज लहेरी र सोही स्थानका १६ वर्षीय नवीन यादवको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको जनाएको छ ।


Published :अशोज १८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media