अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाः फाइनलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै

राष्ट्रपाटी न्युज

अशोज २२, २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको फाइनलमा नेपाली महिला टिमले बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। पाँच खेलको सिरिजमा २-२ को बराबरी गरेका नेपाल र मलेसिया आज फाइनल प्रतिस्पर्धा गर्न लागेका हुन्।

पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको हो।

मलेसिया घरेलु मैदानमा सिरिज राख्न चाहन्छ भने नेपाल सिरिज उचाल्दै स्वदेश फर्किन चाहन्छ। नेपाल र मलेसियाको फाइनल भिडन्त आज बिहान ७:४५ बजे सुरु हुनेछ ।


Published :अशोज २२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media