टी–२० सिरिजः फाइनलमा नेपालसामु मलेसियाले दियो १०४ रनको चुनौती

राष्ट्रपाटी न्युज

अशोज २२, २०८२

काठमाडौं । टी–२० सिरिजको फाइनलमा मलेसियाले नेपाललाई १०४ रनको चुनौती दिएको छ ।

घरेलु मैदान वायुमास ओभलमा बुधबार बिहान टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले ६ विकेटको क्षतिमा १०३ रन बनाएको हो । विन्डर डानियाले ४० रन बनाउँदा माहिरा इज्जाइले १९ रन बनाइन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि राजमती ऐरीले तीन विकेट हात पारिन् भने कविता कुँवरले दुई विकेट लिइन् । ऐरीले तीन ओभर बलिङ गर्दै १५ रन खर्चिएर तीन विकेट लिएकी हुन् ।

कुँवरले चार ओभर बलिङ गर्दा १६ रन दिएर दुई विकेट हात पारेकी हुन् । नेपालका लागि अर्को एक विकेट रचनाकुमारी चौधरीले हात पारिन् ।

अहिले नेपालले जवाफी ब्याटिङ गर्दैछ ।


Published :अशोज २२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media