आइसीसी टी–२० छनोटमा नेपाल सुपर सिक्समा प्रवेश

राष्ट्रपाटी न्युज

अशोज २३, २०८२

काठमाडाैं । आइसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा नेपालले सुपर सिक्स चरणमा प्रवेश गरेको छ।

समूह ‘बी’ अन्तर्गत बिहीबार भएको खेलमा जापानले कुवेतलाई ५ विकेटले पराजित गरेसँगै नेपाल र जापान दुबै टोलीले अन्तिम छ टोली (सुपर सिक्स) मा आफ्नो स्थान सुरक्षित गरेका हुन्।

यसअघि बुधबार नेपालले कुवेतमाथि ५८ रनको फराकिलो जित निकालेको थियो।

अब नेपाल र जापानबीच भोलि समूह चरणको अन्तिम खेल खेलिनेछ, जसले समूह विजेता टुंगो लगाउनेछ ।


Published :अशोज २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media