बीपी राजमार्ग आज बेलुकीदेखि सञ्चालनमा ल्याउने

राष्ट्रपाटी न्युज

अशोज २४, २०८२

काठमाण्डौ । बीपी राजमार्ग आज बेलुकीदेखि सञ्चालनमा ल्याउने गरी काम भईरहेको छ । बाढी र पहिरोले क्षति पुर्याएको राजमार्गमा अस्थायी डाइभर्सनमार्फत गाडी सञ्चालनको काम भईरहेको हो । सडक मर्मतको काममा लगातार संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीका कर्मचारीलगायत टोली खटिएको छ ।

असोज १८, १९ र २० गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले चार किलोमिटर सडक बगाएको छ । गएको वर्ष असोजमै यो राजमार्गमा करिब १२ किलोमिटर सडक बाढीले बगाएको थियो । अहिले त्यो सडक खण्डबाट रामेछापको मन्थली, दोलखाको चरिकोट, मुडे, सिन्धुपाल्चोकको खाडीचौर, दोलालघाट–काभ्रे हुँदै पूर्वबाट आउने गाडी काठमाण्डौ भित्रिने गरेका छन् ।


Published :अशोज २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media