आजको मौसमः कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

अशोज २६, २०८२

काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आइतबार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।


Published :अशोज २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media