आइसीसी टी-२० विश्वकपः नेपालले यूएईलाई दियो १४१ रनको विजयी लक्ष्य

राष्ट्रपाटी न्युज

अशोज २६, २०८२

काठमाडौं । आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएईलाई १४१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

ओमानको अल अमेरत क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको छ।

नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए। उनले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा २८ रन बनाए। कप्तान रोहित पौडेलले २० रन, गुल्सन झाले ५ बलमा २ चौका र १ छक्का प्रहार गरे। कुशल मल्लले १० रन बनाए। सन्दीप जोरा र सोमपाल कामी क्रमशः ४ र ६ रनमा अविजित रहे।

यूएईका लागि बलिङमा मोहम्मद रोहिद, हैदर अलि, जाहिद अलि, हैदर अलि, हर्सिक कौशिक र ध्रुव परासरले १–१ विकेट लिए।

नेपालले समूह ‘बी’ अन्तर्गत जापान र कुवेतलाई हराउँदै अविजित सुपर सिक्समा प्रवेश गरेको थियो।

समूह ‘ए’बाट यूएईपनि अविजित रुपमा सुपर सिक्स आएको हो। यूएईले समूह चरणमा। कतार र मलेसियालाई हराएको थियो।


Published :अशोज २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media