बुढानिलकण्ठ -६ मा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण हुने

राष्ट्रपाटी न्युज

अशोज २७, २०८२

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ। पछिल्लो समय तीव्र विकास निर्माणको गति लिएको यस वडामा स्वास्थ्य चौकीका लागि नयाँ पक्कि भवन बन्न लागेको हो।

आज एक विशेष समारोहमा बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले विशेष पुजा आजाका साथ उक्त भवन निर्माणको शिलन्यास गरेका छन् ।

शिलन्यास अघि नगर उपप्रमुख अनिता लामाले भद्रकाली मन्दिरमा दिप प्रज्वलन गरेकी थिइन्।

अघिल्लो बर्ष वडा कार्यालयको निर्माणको बेला समेत भद्रकाली मन्दिरमा दिप प्रज्वलन गरेर शुरुवात गर्दा समयमै निर्माण सम्पन्न भएको स्मरण गर्दै वडाध्यक्ष रवि खड्काले यो भवन पनि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।

उक्त शिलन्यास कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहाल, जनप्रतिनिधिहरु मुना महर्जन, राजु भण्डारी ,मेनुका भुषाल, सुनिल महर्जन ,बुढानिलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखाका कर्मचारीहरु, सम्बन्धित ठेकेदार सहित स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।


Published :अशोज २७, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media