बुढानीलकण्ठ खेलकुद बिकास बोर्डले भोलि शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

राष्ट्रपाटी न्युज

अशोज ३१, २०८२

बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका खेलकुद बिकास वोर्डले शुभ दिपावलि, नेपाल सम्वत् १९४६ तथा छठ पर्व २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको गोल्फुटार सेमी-इन्डोर बास्केटबल कोर्टमा भोलि कार्तिक १ गते शनिवार विहान ७:३० बजे कार्यक्रमको आयोजना गरिने बुढानीलकण्ठ खेलकुद बिकास वोर्डका संयोजक एवं बुढानीलकण्ठ-८ का वडाध्यक्ष सुमन तामांगले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा सहभागी हुन बुढानीलकण्ठ क्षेत्र भित्रका सम्पूर्ण खेलाडीहरु,क्लवहरु, खेलकुदसंग सम्बन्धित विभिन्न व्याक्तित्वहरु लगायत सबैलाई आयोजकले आग्रह गरेको छ।

 


Published :अशोज ३१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media