माधव नेपालका सबै सुरक्षाकर्मी फिर्ता

राष्ट्रपाटी न्युज

कार्तिक ११, २०८२

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता गराएको छ ।

सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा उनले पाउँदै आएका सुरक्षाकर्मी सबै फिर्ता गर्ने निर्णय गरेको हो ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा उनले १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीको सुरक्षा प्राप्त गर्दै आएका थिए ।

यसअघि सरकारले पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पनि सुरक्षाकर्मी फिर्ता गराएको थियो ।


Published :कार्तिक ११, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media