
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजीसहितको त्रिपक्षीय बैठक बोलाएकी छन् । बैठक बुधबार दिउँसो ४ बजे बालुवाटारमा आह्वान गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिएका छन् ।
निर्वाचनको वातावरण तयार गर्नेगरी प्रधानमन्त्री कार्कीले बैठक बोलाएको बताइएको छ। बैठकमा सरकाका तर्फबाट प्रधानमन्त्री कार्की र मन्त्रीहरू, राजनीतिक दल र जेनजीका तर्फबाट ८–९ वटा समूहका अगुवा सहभागी हुनेछन् ।
यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । छलफलमा दलहरूले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने माग राखेका थिए भने सरकारले त्यसका लागि प्रतिबद्धता व्यक्त गरेको थियो ।