
काठमाडौं। बुढानीलकण्ठ नगरपालिका खेलकुद विकास वोर्ड र वादेरियो कराँते डो. रेन्मेई संघ नेपालको संयुक्त आयोजनामा ” 1st International Wado Ryu Karate Seminar andChampionship 2025 ” हुने भएको छ। बुढानीलकण्ठ नगरपालिका वडा नं ८ स्थित गोल्फुटार सेमिइन्डोर वास्केटबल कोर्टमा आयोजना हुने प्रतियोगितामा आयोजक राष्ट्र नेपाल सहित ७ राष्ट्रका करिव ४०० जना खेलाडिको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।
प्रतियोगिता यहि कार्तिक १४ गते शुक्रवार देखि कार्तिक १६ गते आईतबारसम्म आयोजना हुने बताइएको छ ।
वादेरियो कराँतेको क्षेत्रमा अन्तराष्ट्रिय स्तरको खेलाडि उत्पादन गर्ने र आँउदो दिनहरुमा अन्तराष्ट्रिय मञ्चहरुमा नेपाली खेलाडिहरुको सहभागिता थप सुनिश्चत गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा नेपालका २५० जना,भारतका ६० जना,पाकिस्तानका २५ जना,बंगलादेशका २० जना,श्रीलंकाका १५ जना, इन्डोनेशियाका १५ जना र यु ए ईका १० जना खेलाडी सहभागी हुनेछन ।
बुढानीलकण्ठ नगरपालिका वडा नं ८ स्थित गोल्फुटार सेमिइन्डोर वास्केटबल कोर्ट नजिकै आयोजना गरिएको पत्रकार सम्मेलनमा बुढानीलकण्ठ नगरपालिका खेलकुद विकास वोर्डका अध्यक्ष सुमन तामाङ्ग , उपाध्यक्ष दीपक तामाङ्ग, सदस्य विराज राना सहित वोर्डका पदाधिकारीहरु, वादेरियो कराँते डो. रेन्मेई संघ नेपालका अध्यक्ष एवं प्रमुख प्रशिक्षक बाबुराम लामा, प्रशिक्षकहरु कृष्णशरण खड्का,हिमाल सिंह, देवेश थापा, नारायण श्रेष्ठ, विजेन्द्र पुडासैनी लगायतको उपस्थिति रहेको थियो।
