भारतसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

राष्ट्रपाटी न्युज

कार्तिक १२, २०८२

काठमाडौं । भारतसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपालले पेनाल्टी सुट आउटमा नेपालले जीतले जीत हासिल गरेको छ ।

निर्धारित समयमा दुवै पक्षले एक एक गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुट आउटबाट नतिजा निकालिएको थियो ।

पेनाल्टी सुट आउटमा नेपालका ३ खेलाडीले गोल गरेका थिए भने भारतका कुनै पनि खेलाडी गोल गर्न सकेनन् ।

यसअघि सोमबार राती भएको पहिलो मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई दुई-एकले हराएको थियो । जसमा दुवै गोल फरवार्ड तथा कप्तान सावित्राले गर्नुभएको थियो । नेपाली टिम सन् २०२२ को साफ महिला च्याम्पियनसिपयता भारतसँग अपराजित छ ।


Published :कार्तिक १२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media