आगामी महाधिवेशन काठमाडौंमा गर्ने एमालेको निर्णय

राष्ट्रपाटी न्युज

कार्तिक १५, २०८२

काठमाडौं । नेकपा एमालेको महाधिवेशन स्थान परिवर्तन गरिएको छ। शनिबार बसेको सचिवालय बैठकले स्थान परिवर्तन गर्ने निर्णय गरेको हो।

यसअघि बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको आगामी १५ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो। तर शनिबारको सचिवालय बैठकले निर्धारित मितिमा काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

पमहासचिव ज्ञवालीले ६ लाख ६७ हजार ६३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिने बताए। उनले प्रतिनिधि चयन मंसिर१३ गते शनिबार देशभर एकै दिन हुने बताए। प्रतिनिधिको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने उनले बताए ।


Published :कार्तिक १५, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media