हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’लाई निर्वाचन आयोगको मान्यता

राष्ट्रपाटी न्युज

कार्तिक १६, २०८२

काठमाडौँ । धरानका मेयर हर्क साम्पाङ नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टी ले निर्वाचन आयोगबाट आधिकारिक दर्ता प्रमाणपत्र प्राप्त गरेको छ। साम्पाङ आइतबार आयोग पुगेर दल दर्ताको प्रमाणपत्र बुझेका हुन् ।

निर्वाचन आयोगमा दर्ता भएको उक्त पार्टीको चुनाव चिन्ह माटो रहनेछ। पार्टीमा २८ सदस्यीय केन्द्रीय समिति र पाँच जना पदाधिकारी छन्। उपाध्यक्षमा देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ताको जिम्मेवारी अरुण गुरुङले सम्हालेका छन्।

साम्पाङले गत असोज १२ गते आइतबार स्वयं आयोगमा उपस्थित भई दल दर्ताको निवेदन दिएका थिए।


Published :कार्तिक १६, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media